अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एसको भागमा परेमा इलाम १ बाट झलनाथ खनाल चुनाव लड्ने

नेकपा एसको भागमा परेमा इलाम १ बाट झलनाथ खनाल चुनाव लड्ने


काठमाडौ- नेकपा एकीकृत समाजवादी नेकपा एसका सम्मानित नेता झलनाथ खनाल इलाम–१ बाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार सिफारिस हुनुभएको छ ।
आगमी ४ मंसिरमा हुन गईरहेको संघीय संसद र प्रदेश सांसदको उम्मेदवार सिफारिस गर्न बसेको जिल्ला समिति बैठकले इलाम–२ का लागि युवा संघका महासचिव सन्जिप राईलाई सिफारिस गरेको छ ।
प्रदेशसभा निर्वाचनका लागि प्रदेश–१ को क र खका लागि जिल्ला अध्यक्ष भक्त केसी, बृहस्पति खतिवडा, सावित्रा गर्तौला, खिनु, लङगुवा, जीतबहादुर राईको नाम केन्द्रीय कार्यालयमा सिफारिस गरेको छ ।

यसैगरी, प्रमिला बस्नेत, सोम शर्मा हरि वालालगायतलाई भने क्षेत्र नम्बर–२ क र खका लागि नाम सिफारिस गरिएको नेकपा एसले जनाएको छ ।
पार्टीका अनुसार भागवण्डामा सिटबाँडफाँड हुँदा एसको भागमा परेमा पूर्व प्रधानमन्त्री खनाललाई सो क्षेत्रबाट उठाउने गरी निर्विरोध सिफारिस गरिएको हो ।