काठमाडौं – नाम नेपाली कांग्रेस भएपनि पहिले यो पार्टी डिल्ली रमण रेग्मीको नेतृत्वमा राष्ट्रिय कांग्रेस र महेन्द्र विक्रम शाहको नेतृत्वमा बनेको प्रजातान्त्रिक कांग्रेसलाई विलय गरेर बनेको हो । यसले राष्ट्रियता र प्रजातन्त्र दुबै शब्द परित्याग गरेकोले यसमा न प्रजातन्त्र छ, न त राष्ट्रियता नै छ भनेर तत्काल कतिपय विरोधी नेताहरूका टिप्पणी हुने गरेका थिए । नेपाली कांग्रेस र यसले गरेको भनेको क्रान्ति सुवर्ण शमशेर र महावीर समशेरका भत्ता खाने बाहेक केही गरेको पाईदैन । त्यतिबेला नेपाली कांग्रेसका नेताहरू शेष भारतदेखि नेपाल अलग होइन र काश्मीर र हैदरावाद विलय गरे जस्तै नेपाल पनि भारतमा गाभ्नु पर्छ भनेर राष्ट्रिय अखवारहरूमा लेखेका लेखहरू ताजा नै छन् । त्यतिबेला नेपाली कांग्रेससँग सँगै क.पुष्पलालले गठन गर्नुभएको नेकपा भने नेपालमा मजदुर किसान र राष्ट्रिय पुजपति वर्गको संयुक्त मोर्र्चा बनाएर नौलो जनवादी क्रान्तिको पक्षमा खडा भएको थियो।
टंकप्रसाद आचार्यको नेतृत्वमा रहेको देशभक्तहरूको हाल नेपाल प्रजा परिषदबाट दिक्षीत क.पुष्पलाल जस्ता नेताहरू भएकै पार्टीमा सुगौली सन्धीमा गुमेको टिस्टादेखि काँगडासम्मको भू–भागमाथि हामीले दावी गर्न पर्दछ भनी कम्युनिष्ट नेता गंगालाल हलुवाईले दावी गरेका थिए । आफ्नो कुरा पार्टीले नमानेपछि कलकत्ता छोडेर दार्जिलिङ गएको थाहा हुन्छ । नेपाली कांग्रेस र अहिलेको गठबन्धनका गतिविधिहरू हेर्दा यो वैदेशिक व्यक्ति वागिरोहद्वारा नियन्त्रित देखिन्छ र क. केपी शर्मा ओली नेतृत्वको पार्टी टंकप्रसाद, डिल्ली रमण, पुष्पलाल, मनमोहन अधिकारी आदि भन्दा पनि एक कदम अगाडि क.गंगालाल हलुवाईको मार्गमा शसक्त रूपमा प्रस्तुत भएको गत साउन १६ गते भाषण सुनेका एकजना राजनीतिकशास्त्रका प्राध्यापकले यस पंक्तीकारसँग भनेका थिए । ओलीले नेपालमा राष्ट्रियता, राष्ट्रिय स्वाधिनता र जनतन्त्रका लागि १४-१४ वर्ष कठोर कारावास मात्र भोग्नु भएन उहाँ संलग्न मनमोहन अधिकारीको सरकारले नेपालको इतिहासमा पहिलो चोटी सरकारका तर्फबाट सन् ५० को नेपाल–भारत बीचको असमान सन्धीलाई पुनरावलोकन गर्न माग समेत ग¥यो । त्यति मात्र होइन गिरीजाप्रसाद कोइरालाले दिल्लीमा चढाएको टनकपुर सन्धीका सम्बन्धमा राष्ट्रव्यापी बिद्रोहको नेतृत्व समेत यही सरकारले गरेको थियो । वैदेशिक समर्थनका कारण जन विद्रोहको नेतृत्वमा पुगेको नेपाली कांग्रेस वैैदेशिक शक्तीका सामु आत्म समर्पण गर्ने नीतिका कारण उसको सरकार टिकेन । नेपाली कांग्रेस भित्रै गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई आदिले गिरिजा प्रसादको अराजक तथा अराष्ट्रिय शैलीको भण्डाफोर गरेपछि सो पार्टी छत्तिसे र चौरहत्तरेमा दुई फ्याक भएको थियो । यसरी नेपाली कांग्रेसको नेतृत्व विदेश नियन्त्रित त छँदै थियो त्यसै माथि उनीहरूले नेपालका देशभक्त वामपन्थी र साम्यवादी शक्तिहरूलाई सफाय गर्न वैदेशिक हस्तक्षेपको पहिलो प्रस्ताव कम्युनिष्ट नेता माधवकुमार नेपालमार्फत् अघि सारेका थिए । २०४६ माच्यासलमा सम्पन्न नेकपा मालेको केसको बैठकमा क. मदन भण्डारीले यो प्रस्तावको सशक्त प्रतिरोध गर्नुभएकोले नेकपा मालेलाई विदेशीहरूले प्रयोग गर्न सकेनन् र ५ वर्ष पछि २०५२ सालको फागुन १ गतेबाट छविलाल दाहाल, बाबुराम भट्टराई आदिले तिनै विदेशीहरूको षड्यन्त्रका मतियार बनेर तथाकथित जनयुद्धको नाममा दुबै तर्फका गरेर लगभग १७ हजार नेपालीलाई बली चढाएका थिए ।
२०४६ माच्यासलमा सम्पन्न नेकपा मालेको केसको बैठकमा क. मदन भण्डारीले यो प्रस्तावको सशक्त प्रतिरोध गर्नुभएकोले नेकपा मालेलाई विदेशीहरूले प्रयोग गर्न सकेनन् र ५ वर्ष पछि २०५२ सालको फागुन १ गतेबाट छविलाल दाहाल, बाबुराम भट्टराई आदिले तिनै विदेशीहरूको षड्यन्त्रका मतियार बनेर तथाकथित जनयुद्धको नाममा दुबै तर्फका गरेर लगभग १७ हजार नेपालीलाई बली चढाएका थिए ।

देशभरि प्रचण्डले खरबौंको लुट मच्चाए, शेरबहादुर, प्रचण्ड, माधव नेपालहरू महाभ्रष्टचारी भनी कुुर्लिन लागेका बाबुराम विदेशी मालिकहरूको ईसारामा रातारात प्रचण्डसँग आन्द्राभुडी गाँस्न पुगेको लाजमर्दो कुकृत्य पनिआम नेपालीका सामु छताछुल्ल भएको छ । गठबन्धनको चरित्र के हो भन्ने कुरा सबैले बुझ्न पाएका छन् । भारतीय नाकाबन्दीलाई नाकाबन्दी भन्न नसक्ने कांग्रेसका नेताहरू नाकाबन्दीलाई नाकाबन्दी नै हो भनेर त्यसको अन्त्यन भएसम्म भारत भ्रमण गर्दिन भन्ने केपी ओलीको देशभक्ती पूर्ण साहसकै परिणाम दल्लीले नाकाबन्दी हटाउन बाध्य भयो । तसर्थ सगरमाथा झैं चुलिएको व्यक्तित्वको परिणाम गत निर्वाचनमा उहाँँको नेतृत्वको दलले पुगनपुग दुई तिहाइको अत्याधिक बहुमत प्राप्त भएको थियो । बहुमतकै टाकुरामा बसेर नेपालको भूमी कब्जा गर्ने वैदेशिक विस्तारवादी कुकर्मको भण्डाफोर गर्दै नेपालको इतिहासमा अत्यन्त साहसीलो कदमका रूपमा संसदबाट शतप्रतिशत मतदानका साथ लिम्पीयाधुरा कालापानी र लिपुलेक आदि भू–भाग समेटीएको चुच्चे नक्शापास गर्न सफल हुनु भयो । मान्छेहरूले कल्पना नगरेको यस्तो दुस्साहसी काम गरेर देशभक्त महानायकको उपहार दिन सफल केपी ओली र एमालेले राष्ट्रका लागि जस्तोसुकै बलिदान दिन पनि तत्पर हुन्छ भनी प्रमाणित गरे । केपी ओलीलाई थाहा थियो आफू भिम मल्ल भिमसेन थापार वीरेन्द्र शाहको बाटोमा छु । राष्ट्रियतामा अडान लिए बापत्त त्यसको गम्भीर परिणम आफूले भोग्नु पर्नेछ । यसका लागि औपनिवेसिक शक्तिले आफ्नै पार्टीमा प्रचण्ड-माधव जस्ता मिर्जाफरहरू खडा गरे पनि ओलीको अडान र आत्मविश्वासका सामु तिनीहरू ओइलाएका पातत जस्ता भए । अरूले लेण्डुप दोर्जे भन्ने गरेका शेरबहादुर देउवा, माधव नेपाल र प्रचण्डहरू वास्तवमा मिर्जाफर जस्तै राष्ट्रलाई सदाको लागि गुलाम बनाउने तत्व हुन भन्दा फरक पर्दैन । यदि यो राष्ट्र बचाउने हो भने कर्मले नै देशभक्त प्रमाणित भएका र विदेशीका सामु कहिल्यै नझुक्ने केपी ओली र एमालेलाई तन मन र धनले समर्थन गरौं । र विदेशीलाई नागरिकता दिने, संविधान र स्वाधिनतालाई समाप्त पारेर राष्ट्रलाई धसाउने नेता र दलहरू चिनौं । शहर र गाँउमा मिर्जाफरका पुत्ला बनाएर जलाउदै देश द्रोहीहरूलाई डाँडो कटाउन सबै अग्रसर हौं । वीर गोर्खालीको निधारमा कालो टिका लगाउने पार्टी र नेताहरूलाई सिमापारी लखेटौं।
(लेखक नेकपा एमालेका केन्द्रीय सदस्य हुनुहुन्छ)





प्रतिक्रिया