ललितपुर- नेकपा एमालेको चुनावी रणनीति बनाउन केन्द्रीय कमिटीको चौथो बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यलय च्यासलमा सुरु भएको बैठक भोलीसम्म चल्नेछ ।
बैठकमा ११ वटा एजेण्डामा छलफल हुने पार्टी केन्द्रीय कार्यलयले जनाएको छ । बैठकमा अध्यक्ष ओलीले सम्बोधनसँग राजनीतिक प्रतिवेदन पेश गर्ने,सबै प्रदेशहरुको समुह छलफलबाट राजनीतिक प्रतिवेदनमा सुझावहरु दिइने एक पदाधिकारीले जानकारी दिए । बैठकमा निम्न एजेण्डाहरुमा छलफल हुने एमालेले जनाएको छ ।

१.अध्यक्षको राजनीतिक प्रतिवेदन
२. केन्द्रीय कमिटी सदस्यहरूको शपथ र कार्यविभाजन
३. सचिवालयका निर्णय अनुमोदन
४. उम्मेदवारको छनोटको मापदण्ड
५. स्थानीय निर्वाचन छानविन कमिटीको प्रतिवेदन
६. सदस्यता अभिलेख व्यवस्थापन
७. सल्लाहकार परिषद् र तीनै आयोगका प्रतिवेदन
८. भारत प्रवासको कामका सम्बन्धमा नियामवली
९. पार्टी कामसँग सम्बन्धित केही नियमहरू निर्माण
११. समसामयिक प्रस्तावहरु






प्रतिक्रिया