अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्ड-माधव वामपन्थी होइनन् कांग्रेसपन्थी हुन् : युवराज ज्ञवाली

प्रचण्ड-माधव वामपन्थी होइनन् कांग्रेसपन्थी हुन् : युवराज ज्ञवाली


काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र माधव नेपाललाई वामपन्थी भन्न नमिल्ने बताउनुभएको छ ।

रेडियोको एक कार्यक्रममा बोल्नुहुँदै उपाध्यक्ष ज्ञवालीले नेपाली कांग्रेसलाई ठूलो पार्टी बनाउन चाहनेहरुलाई वामपन्थी नभई कांग्रेसपन्थी भन्नुपर्ने बताउनुभयो । 

उहाँले एमालेमा वाम तालमेल गर्नुहुन्न भन्ने कोही नभएको तर प्रचण्ड र माधव नेपाल एमाले हराएर कांग्रेसलाई पहिलो बनाउन लागिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कांग्रेससित मिलेर एमालेलाई हराउन लाग्नेलाई वामपन्थी भन्न सकिँदैन । प्रचण्ड, माधव नेपालहरु वामपन्थी होइन कांग्रेसपन्थी हो । उनीहरुलाई कांग्रेसले टिकट दिने हो । होइन, कांग्रेस हराउन लाग्ने हो भने त्यतिबेला सोच्न सकिन्छ ।’  

नेकपा एमाले आफैंमा निर्भर भएर एकल रुपमा लड्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेकपा एमाले कमजोर भएको छैन । आन्तरिक एकता र सुदृढ गरेर पाँचै दल मिलेर आए पनि जित्ने तयारीमा लागेका छौं । अब हामीले १० लाख पार्टी सदस्यलाई कुदाउने दौडाउने हो । लाइक वा डिस्लाइकका आधारमा कसैलाई उम्मेदवार बनाउँदैनौं । कसैले प्रस्ताव गर्ने र ताली पड्काउने मात्र काम हुँदैन ।’