अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धनका कारण संघीय प्रणाली र प्रदेश संरचनामा वितृष्णा बढ्यो : अध्यक्ष ओली

गठबन्धनका कारण संघीय प्रणाली र प्रदेश संरचनामा वितृष्णा बढ्यो : अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन सरकारको मनपरीका कारण संघीय प्रणाली र प्रादेशिक संरचनाप्रति वितृष्ण बढेको बताउनु भएको छ ।

आजदेखि ललितपुर च्यासल पार्टी कार्यलयमा सुरु चौथो केन्द्रीय कमिटी बैठकमा पेश गरिएको राजनीतिक प्रतिवेदनमार्फत ओलीले यस्तो टिप्पणी गर्नुभएको हो ।   

उहाँले आफ्नो राजनीतिक प्रतिवेदनको सुरुमै कांग्रेस नेतृत्वको गठबन्धन सरकारले मनपरी मन्त्रालय र मन्त्रीहरु थप्दा अहिलेसम्म प्राप्त उपलब्धीप्रति नै वितृष्णा बढेको बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘प्रदेशहरूमा मन्त्रालय र मन्त्रीहरूको सङ्ख्या जथाभावी विस्तार गरिएको छ। अर्कातिर गठबन्धनले बेथिति बढाइरहेको छ । यही बेथितिका कारण जनतामा प्रादेशिक संरचना, सङ्घीय प्रणाली र समग्रमा राजनीतिक उपलब्धिहरूप्रति नै वितृष्णा बढ्न थालेको छ।‘

उहाँले गठबन्धनको अदूरदर्शी नीतिका कारण यस्तो संकट आएको पनि प्रतिवेदनमा उल्लेख गरेका छन्।