अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चको तीज कार्यक्रम सम्पन्न, हेर्नुस् तस्वीरमा

एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चको तीज कार्यक्रम सम्पन्न, हेर्नुस् तस्वीरमा


काठमाडौं – नेकपा एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चको महिला विभागद्वारा आयोजित नेपाली महिलाहरुको महान चाड हरितालिका तीज तथा जितिया पर्व विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

आज काठमाडौंको मिनभवनस्थित मिनभवन क्राउन बेङ्क्वेटमा आयोजित कार्यक्रममा सम्पर्क मञ्चमा आवद्ध महिला तथा पुरुषहरुको बाक्लो उपस्थिति रहेको थियो ।

मौलिक कला र संस्कृति जगेर्नाको लागि तीज मिलन कार्यक्रम गरिएको सम्पर्क मञ्चका अध्यक्ष उमाकान्त चौधरीले जानकारी दिनुभयो । तीज गीतसँगै दर खुवाउने र नाचगान कार्यक्रम समेत गरिएको थियो ।

तीज कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्व शहरी विकास राज्यमन्त्री मन्जु कुमारी चौधरी रहनुभएको थियो । त्यस्तै नेकपा एमालेका केन्द्रीय सदस्य अम्बिका थापा विशेष अतिथि रहनुभएको थियो ।

त्यसैगरी १ नम्बर प्रदेश कमिटीका उपसचिव शैलेश लामा, सचिवालय सदस्य अम्मरबहादुर रायमाझी, सदस्यहरु दुर्गा थापा देवराज राई अतिथि रहनुभएको थियो ।

त्यस्तै एमाले उदयपुर जिल्ला अध्यक्ष प्रमेश्वर घिमिरे, उपाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, सदस्यहरु प्रेम गौतम, जस बहादुर कार्की र नाेख श्रेष्ठ अतिथि रहनुभएको थियो । त्यसैगरी प्रदेश सम्पर्क कमिटि प्रदेश-१ का अध्यक्ष कपिल देव ओली, उपसचिव सिताराम अधिकारी, सचिवालय सदस्य भीम दर्नाल, सदस्यहरु पशुराम बस्नेत, गिता थापा र मन्दिरा गौतम अतिथि हुनुहुन्थ्यो ।

त्यसैगरी अनेम संघ केन्द्रिय कमिटी सदस्य पार्वती राउत अतिथि रहनु भएको थियो । साथै कार्यक्रममा विद्यार्थी तथा युवा संघ नेपालका नेताहरुको पनि सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि एमाले पोलिटब्यूरो सदस्य मन्जु कुमारी चौधरी, एमाले केन्द्रीय सदस्य अम्बिका थापा, १ नम्बर प्रदेश कमिटीका उपसचिव शैलेश लामा, एमाले उदयपुर जिल्ला अध्यक्ष प्रमेश्वर घिमिरे, प्रदेश सम्पर्क कमिटि प्रदेश-१ का अध्यक्ष कपिल देव ओली र उपसचिव सिताराम अधिकारी लगायतले तीजको शुभकामना दिनुभएको थियो ।

कार्यक्रमका केही तस्वीरहरू