काठमाडौ -नेकपा एमालेको जारी केन्द्रीय कमिटीको बैठकमा सबै प्रदेशका अध्यक्षहरुको रिर्पोटिङ सकिएको छ । अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमा सुझावहरु दिदै सबै समुहका टोली नेताहरुले एक पटक समानुपातिकको अवसर पाइसकेकालाई नदोहोर्याउन सुझाव दिएका छन् ।
एक केन्द्रीय सदस्य गीता कार्कीले दिएका जानकारी अनुसार एमाले सरकारमा हुँदा नियुक्ती वा अवसर पाएकाहरुलाई पनि तत्काल साँसदका लागि सिफारिस गर्न नहुने सुझाव प्रदेश अध्यक्षहरुले दिएका छन् ।
स्थानीय तहको निर्वाचनमा उम्मेद्वार भएर पराजित भएकाको हकमा जनताले एक प्रकारको मनोविज्ञान बनाइसकेको हुनाले उनीहरुलाई अहिले उम्मेद्वार बनाउनु नहुने सुझाव बैठकमा पेश गरिएको छ ।
समुहगत छलफलमा प्रदेशका इन्चार्जहरु क्रमश प्रदेश १ बाट देवराज घिमिरmेमधेसबाट रामऔतार यादव,बागमतीबाट काशीनाथ अधिकारी,गण्डकीबाट गोविन्द्यबहादुर नेपालीले समुहगत छलफलको निष्कर्ष सुनाउनु भएको थियो । यसैगरी कर्णालीबाट यामलाल कडेल,सुदुरपश्चिमबाट लेखराज भट्ले समुहगत छलफलका निष्कर्ष सुनाउनु भएको थियो । यस्तै जनसंगठनका तर्फबाट भानुभक्त ढकाल,केन्द्रीय विभागका टोपबहादुर रायमाझीले सुझावहरु प्रष्तुत गर्नुभएको पोलिटव्यूरो सूर्य थापाले जानकारी दिनुभयो ।





प्रतिक्रिया