काठमाडौं- नेकपा एमालेका मातहतका कमिटीले प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि भदौ २२ गते भित्र उम्मेद्वार सिफारिस गर्ने निर्णय भएको छ ।
पार्टी केन्द्रीय कमिटीको आजको बैठकले सो निर्णय गरेको हो । स्थायी कमिटी सदस्य हिक्मत कार्कीका अनुसार स्थानीय कमिटीहरुले २२ गते भित्र समानुपातिक साँसदको पनि सफिारिस गर्नुपर्नेछ ।
सचिवालय बैठकले भदौ २० गते भित्र सिफारिस गरिसक्ने निर्णय गरे पनि केन्द्रीय कमिटीले दुई दिन थपेर २२ गतेसम्ममा सिफारिस गर्ने निर्णय गरेको हो ।





प्रतिक्रिया