काठमाडौ- केन्द्रीय कमिटीको निर्वाचन सकिएकै भोलीपल्ट नेकपा एमाले निर्वाचन परिचालन कमिटीको बैठक बस्ने भएको छ ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षता रहेको निर्वाचन परिचालन कमिटीले देशैभरी निर्वाचन परिचालनको विशेष नीति बनाउने कार्ययोजना रहेको छ । केन्द्रीय कमिटीका निर्णयलाई प्रभावकारी रुपमा लागु गर्र्ने,आफू मातहतका कमिटीहरुलाई परिचालन गर्ने,निर्वाचन सम्बन्धी विपक्षीका रणनीतिमा चासो राख्ने र निर्वाचनका गोप्य सुचनाहरु संकलन गर्ने लगायतका रणनीति तय गर्नेछ । बैठकमा निर्वाचन सम्बन्धी विशेष कार्ययोजना समेत पेश गर्ने कार्यक्रम रहेको छ ।
निर्वाचन परिचलान कमिटीमा पार्टीका सबै केन्द्रीय सदस्य,निर्वाचन आयोग र लेखा आयोगका पदाधिकारी,प्रदेश कमिटीका अध्यक्षहरु ,विभागका सचिवहरु र जनसंगठनका अध्यक्ष एवं महासचिव सहभागी हुनेछन् । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यलय च्यासलमा बस्नेछ ।





प्रतिक्रिया