काठमाडौं -नेकपा एमालेको भदौ १० र ११ गते बसेको केन्द्रीय कमिटीको बैठकले ६ वटा निर्णय र १२ वटा प्रस्ताव पारित गरेको छ ।
बैठकले आगामी निर्वाचनलाई जनमत संग्रहको रुपमा रहेको उल्लेख गरिएको छ । बैठकले पारित गरेको प्रस्ताव नं. २ मा भनिएको छ ‘आगामी निर्वाचन साँचो अर्थमा जनमत संग्रहका रुपमा देखापर्दैछ । अग्रगमन, समृद्धि र राष्ट्रिय स्वाभिमानका पक्षधर शक्तिका विरुद्धमा बनिरहेका दृश्य र अदृश्य गठबन्धनहरुले यस निर्वाचनलाई झन् पेचिलो बनाउँदै लगेको छ ।’
यसैगरी बैठकले मंसिर ४ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेद्वारको छनौट मापदण्ड पनि तय गरेको छ । यसैगरी उम्मेद्वारको अन्मित नामावली टुंग्याउने जिम्मा केन्द्रीय कमिटीले पार्टी सचिवालयलाई दिएको छ ।
बैठकमा के के निर्णय भए र के के प्रस्ताव पास भए हेर्नुहोस पूर्ण पाठ ।
१. अध्यक्ष कमरेडले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि कमिटीका सदस्यहरूले नौवटा समूहमा अलग–अलग रहेर छलफल गर्नुभयो । समूहबाट प्राप्त उपयुक्त सुझावलाई अध्यक्षद्वारा मनन गरी प्रस्तुत प्रतिवेदन पारित गरियो ।
२. केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र केन्द्रीय निर्वाचन आयोगका अध्यक्षले आ–आफ्ना आयोगका काम र अपेक्षाका बारेमा बैठकलाई जानकारी दिनुभयो । बैठकले उक्त जानकारीहरू ग्रहण गर्यो ।
३. आगामी ०७९ मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ र समानुपातिक उम्मेदवारको सिफारिस प्रक्रिया र उम्मेदवार छनौट मापदण्ड बैठकले निर्धारण गरेको छ ।
४. स्थानीय तह निर्वाचनका सम्बन्धमा विभिन्न व्यक्तिका विरुद्ध परेका उजुरीहरू र त्यसमाथिको छानवीन कार्यदलको कामका बारेमा संयोजक उपाध्यक्ष बिष्णुप्रसाद पौडेलले बैठकलाई जानकारी गराउनुभयो ।
५. केन्द्रीय कमिटीको तेस्रो बैठकपछि सचिवालय बैठकबाट गरिएका निर्णयहरू अनुमोदन गरिएको छ । सचिवालयले निर्वाचन घोषणा–पत्र मस्यौदा कार्यदल र केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको थियो । त्यस्तै, विभाग सचिवहरूको मनोनयन र तीन विभाग विस्तार, स्थानीय तह विकास विभागको निर्देशिका र नीति अनुसन्धान प्रतिष्ठानको कार्यविधि, पार्टी प्रवेश गरेकाहरूको व्यवस्थापनको कामसम्बन्धी प्रस्ताव, केन्द्रीय सल्लाहकार परिषद र केन्द्रीय कमिटीमा मनोनयन, छ जना केन्द्रीय सदस्यहरूको जिम्मेवारीमा गरिएको सामान्य हेरफेर लगायतका निर्णय अनुमोदन गरिएको छ ।
६. क. बैठकले भारत प्रवासको कामलाई व्यवस्थित गर्न नियमावली निर्माण गर्ने भएको छ । त्यसका लागि क।खगराज अधिकारी संयोजक र सदस्यहरू क।डा। राजन भट्टराई, क।रमेश बडाल र क।हरि घिमिरे रहनुभएको कार्यदल गठन गरिएको छ ।
ख. त्यसैगरी, प्रतिष्ठानको कामलाई व्यवस्थित गर्न नियमावली निर्माणका लागि क।खगराज अधिकारी संयोजक तथा क।सीता गिरी, क।रमेश बडाल र क।शान्ति अधिकारी सदस्य रहनुभएको कार्यदल गठन गरिएको छ ।
ग. मनोनीत केन्द्रीय सदस्यहरूको कार्यविभाजन गरिएको छ । जस अनुसार, क।धर्मदत्त देवकोटा – सहइञ्चार्ज, बागमती प्रदेश, क।ब्रिजेश गुप्ता– सहइञ्चार्ज, लुम्बिनी प्रदेश, क।जीवन गौतम – सहइञ्चार्ज, लुम्बिनी प्रदेश र क।अमृतलाल राजवंशीलाई झापा जिल्लाको सहइन्चार्जको जिम्मेवारी दिइएको छ ।
घ. २०७९ साल मंसिर ४ गते सम्पन्न हुने पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको उम्मेदवारी पार्टीले निर्धारण गरेको मापदण्ड पूरा भई प्रचलित निर्वाचन कानुनबमोजिम योग्य उम्मेदवारहरूको चयन गरी औपचारिक मनोनयन÷ बन्दसूचीको निर्णय गर्ने अधिकार केन्द्रीय कमिटीकोे तर्फबाट पार्टीको केन्द्रीय सचिवालयलाई दिने निर्णय गरियो । प्रचलित निर्वाचन कानूनबमोजिम औपचारिक मनोनयन–पत्र दिन र उम्मेदवारको बन्दसूची पेश गर्न दलको केन्द्रीय कमिटीको तर्फबाट पार्टीका केन्द्रीय अध्यक्ष एवम् दलका प्रमुख पदाधिकारी क।केपी शर्मा ओलीलाई अख्तियारी दिने निर्णय गरियो ।
बैठकद्वारा पारित प्रस्तावहरू
१. यो बैठक आगामी २०७९ मंसिर ४ गते हुने निर्वाचनमा अध्यक्ष कमरेड केपी शर्मा ओलीको नेतृत्वमा बहुमतको सरकार बनाउने संकल्पका साथ सिंगो पार्टी एकताबद्ध भएर होमिने प्रतिबद्धता व्यक्त गर्दछ र राजनीतिक स्थायित्वका लागि नेकपा ९एमाले० का पक्षमा जनादेश दिन आम जनसमुदायमा आह्वान गर्दछ ।
२.आगामी २०७९ मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन साँचो अर्थमा जनमत संग्रहका रुपमा देखापर्दैछ । अग्रगमन, समृद्धि र राष्ट्रिय स्वाभिमानका पक्षधर शक्तिका विरुद्धमा बनिरहेका दृश्य र अदृश्य गठबन्धनहरुले यस निर्वाचनलाई झन् पेचिलो बनाउँदै लगेको छ । स्थापनाकालदेखि नै प्रतिक्रियावादीहरुका हरेक षड्यन्त्र र घेराबन्दीहरुलाई परास्त गर्दै मुलुक र जनताको पक्षमा दृढतापूर्वक उभिँदै यहाँसम्म आइपुगेको हाम्रो पार्टीले यस निर्वाचनमा हरहालतमा सफलता हासिल गर्नैपर्छ । जनविरोधी शक्तिलाई जनताका माध्यमबाट पराजित गर्न र मुलुकलाई समृद्धिको मार्गमा अग्रसर गराउनका लागि हाम्रो सिंगो कार्यकर्ता पंक्ति अझ बढी सचेत, जुझारु र क्रियाशील हुन जरुरी छ । यो बैठक, आसन्न निर्वाचनमा पार्टीलाई बहुमतसहितको पहिलो शक्तिका रुपमा विजयी बनाउन लागि आ–आफ्नो कार्यक्षेत्रमा सक्रियतापूर्वक अहोरात्र खट्न हाम्रो पार्टीका सबै कमिटीहरु, नेता, कार्यकर्ता र जनसंगठनहरुलाई हार्दिक आह्वान गर्दछ ।
३. स्थानीय तह निर्वाचन जस्तै संविधानले किटानी व्यवस्था गरेको प्रदेशसभा र प्रतिनिधिसभाको आवधिक निर्वाचनलाई पनि समयमै नगर्नका लागि सत्तारुढ गठबन्धनले अनेक तिकडम ग¥यो । निर्वाचनको घोषणा भइसकेपछि त्यसलाई प्रभावित पार्नका लागि राज्यशक्तिको दुरुपयोग गर्न सरकार सक्रिय छ । निर्वाचन घोषणा भइपछि स्वतः काम चलाऊमा रुपान्तरण भइसकेको सरकारलाई निर्वाचनलाई प्रभावित पार्ने र मुलुकलाई असर गर्ने गम्भीर प्रकृतिका कुनै पनि निर्णय गर्ने अधिकार छैन । तर, सामान्य लोकतान्त्रिक मर्यादाको पनि धज्जी उडाउँदै र अधिकारको दुरुपयोग गर्दै सरकारले आगामी निर्वाचनलाई प्रभावित पार्नका लागि आफ्ना नातागोता पोस्ने, विभिन्न नियुक्ति गर्ने, सरुवा–बढुवा गर्ने, आफू अनुकूलका व्यक्तिहरुलाई ठेक्कापट्टा दिने र विदेशीसँग सम्झौता गर्नेजस्ता कतिपय गम्भीर निर्णयहरु गरिरहेको छ । यस सम्बन्धमा हाम्रो पार्टीका तर्फबाट गम्भीरतापूर्वक सरकारको ध्यानाकर्षण पनि गरिएको छ । अझै यस्ता कामहरु जारी रहेकोमा आपत्ति प्रकट गर्दै यो बैठक त्यस्ता क्रियाकलापहरु अविलम्ब बन्द गर्नका लागि सरकारलाई खबरदारी गर्दछ । साथै, निर्वाचनलाई स्वच्छ, मर्यादित, पारदर्शी र भयरहित बनाउनका लागि आवश्यक वातावरण निर्माण गर्न आग्रह गर्दछ ।
४.निर्वाचनलाई निष्पक्ष, स्वच्छ र मर्यादित बनाउनका लागि संविधानले नै व्यवस्था गरेको निर्वाचन आयोगको भूमिका महत्वपूर्ण छ । आफ्नो स्पष्ट संवैधानिक भूमिका निर्वाह गर्नबाट निर्वाचन आयोग चुक्दा सुरुदेखि नै समग्र निर्वाचन प्रक्रिया कमजोर हुन्छ । विगतका कतिपय सन्दर्भहरुमा निर्वाचन आयोगको भूमिका आफ्नो दायित्व अनुकूल नभएको अनुभव छ । यो बैठक, कुनै पक्षको दवाव र प्रभावमा नपरी संविधान र कानुनले निर्धारण गरेबमोजिमको निष्पक्ष र तटस्थ भूमिका प्रभावकारी रुपमा निर्वाह गर्न निर्वाचन आयोगलाई आग्रह गर्दछ ।
५.महंगी र कालाबजारीले मुलुक आक्रान्त बनेको छ, आमनागरिकको दैनिक जीवन अत्यन्त कष्टकर बनेको छ । पेट्रोलियम पदार्थमा गरिएको अत्यधिक मूल्यबृद्धिले सबै क्षेत्र प्रभावित भएका छन् । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो भनेर रातारात मूल्यबृद्धि गर्ने सरकारले घटेर आउँदाचाहिँ घटाउने गरेको छैन । मूल्यबृद्धिको फाइदा निश्चित व्यापारिक समूहले कालाबजारीमार्फत् उठाइरहेका छन् । जनताको दैनिक जीवनमाथि गरिएको यसप्रकारको खेलवाडप्रति आपत्ति प्रकट गर्दै यो बैठक जनजीवन सहज बनाउने गरी मूल्य र कालाबजारी नियन्त्रण गर्न सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छ ।
६.मुलुकमा भएका अनियमितता र कानुनविपरीतका क्रियाकलापहरु नियन्त्रण गर्ने जिम्मेवारी बोकेको सरकार स्वयम् राज्यलाई कमजोर बनाउने, निश्चित व्यापारिक घरानाका प्रतिनिधिहरु सामेल गरेर करका दरहरु निर्धारण गर्ने, राज्यको ढुकुटीमा प्वाल पार्ने र निश्चित व्यापारिक समूहहरुको स्वार्थपूर्ति गर्ने काममा व्यस्त छ । निश्चित व्यापारिक घरानालाई लक्षित गरेर नीति–नियम बनाउने सरकारको अत्यन्त आपत्तिजनक दुष्कर्मले मुलुकलाई क्रमशः माफियाकरणको बाटोतिर उन्मुख गराइरहेको छ । सरकारको संरक्षणमा भ्रष्टाचार, अनियमितता र सेटिङका ठूल्ठूला अनैतिक र आपराधिक कामहरु भइरहेका छन् । यस्ता अनैतिक र आपराधिक क्रियाकलापहरुको घोर भत्सर्ना गर्दै यो बैठक ती कुकर्महरु अविलम्ब रोक्न सरकारलाई खबरदारी गर्दछ ।
७.जनताको दैनिक जीवनसँग कुनै मतलब नभएको सरकार किसानका लागि अनिवार्य रासायनिक मल उपलब्ध गराउने आफ्नो न्यूनतम दायित्वबाट पूरै विमुख भएको छ । बर्षायाम सकिन लाग्दा पनि मल नपाएपछि किसानहरु मलबिना नै धान रोप्न बाध्य भएका छन् ।
शैक्षिक सत्र सुरु भएको आधा बर्ष पुग्न लाग्दा विद्यार्थीका हातमा पाठ्यपुस्तक पुग्नसकेको छैन । हरेक बर्ष शैक्षिक सत्र निर्धारित समयमा सुरु हुन्छ भन्ने थाहा हुँदाहुँदै सरकार कानमा तेल हालेर बसेका कारण अनिवार्य शिक्षा हासिल गर्ने अधिकारबाट हाम्रा बालबालिकाहरु विमुख हुने अवस्था उत्पन्न भएको छ ।
सरकारले कोरोना बीमाको रकम उपलब्ध नगराउने, स्वास्थ्य बिमा असफल पार्ने, सामाजिक सुरक्षा कार्यक्रम निस्प्रभावी बनाउने जस्ता कामहरु गरिरहेको छ ।
मिटरब्याजीको आतंकबाट पीडित मधेसका जनताले त्यसका विरुद्धमा निरन्तर आवाज उठाइरहँदा पनि सुनुवाइ भएको छैन र उल्टै उनीहरुमाथि ज्यादती गरिँदा पनि सरकार मौन छ ।
यो बैठक, सरकारको यस्तो नालायकीप्रति खेद प्रकट गर्दै सरकारलाई जिम्मेवार बन्न र आवश्यक व्यवस्था अविलम्ब मिलाउन माग गर्दछ ।
८.मुलुकको शैक्षिक वातावरण सुधार गर्न होइन, बिगार्न वर्तमान सरकार उद्यत छ भन्ने कुरा आफ्ना भातृसंगठन परिचालन गरी त्रिभुवन विश्वविद्यालयमा मच्चाएको अराजकताबाट पुष्टि हुन्छ । गठबन्धनको निर्देशन र सरकारको सुरक्षामा सरकारी पक्षले नै विश्वविद्यालयमा तालाबन्दी र तोडफोड गर्ने, पदाधिकारीहरुलाई काम गर्न नदिने, बैठक बस्न नदिने, फायल, माइन्युट र अन्य सरकारी कागजपत्र खोस्ने र पठनपाठन बन्द गराउनेजस्ता अशोभनीय कामहरु गरेर शिक्षा क्षेत्रमा अराजकताको नेतृत्व गरिरहेको छ । यो बैठक, विश्वविद्यालयको स्वायत्तता र प्राज्ञिक मर्यादामाथि हस्तक्षेप गर्दै सत्तापक्षबाट निरन्तर भइरहेका यस्ता क्रियाकलापप्रति गम्भीर आपत्ति प्रकट गर्दै यस्ता कामहरु अविलम्ब रोक्न चेतावनी दिन चाहन्छ ।
९.न्यून बर्षा, खडेरी र सरकारले समयमै रासायनिक मल उपलब्ध गराउन नसक्दा कृषि उत्पादन घट्न गई मुलुकमा खाद्य सङ्कट उत्पन्न हुने खतरा बढेको छ । खासगरी खडेरीले तराई–मधेसका किसानहरुलाई थप मर्कामा पारेको छ । यसले कृषि उपजको बृद्धिमा प्रतिकूल प्रभाव पार्ने, खाद्यान्न र खाद्य वस्तुको आयातमा बृद्धि हुने र किसान अझ गरिब हुँदै जाने जस्ता अनेक नकारात्मक प्रभाव पार्ने निश्चित छ । यसबाट निकट भविष्यमा मुलुुकको अर्थतन्त्र प्रभावित हुनुका साथै मानवीय सङ्कट आउनसक्ने खतरातर्फ गम्भीरतापूर्वक ध्यान दिई समयमै खाद्य सुरक्षाको आवश्यक सजगता अपनाउन यो बैठक सरकारको ध्यानाकर्षण गराउन चाहन्छ ।
१०. मुलुकको राजनीति दुई ध्रुवमा ध्रुवीकृत हुँदै गएको छः अग्रगमन वा यथास्थिति रु राष्ट्रिय स्वाभिमान वा आत्मसमर्पण रु समृद्धि वा अधोगति रु सबल नेतृत्व वा भागबण्डाको राजनीति रु निर्वाचनको संघारमा उभिएको बेलामा यस्ता गहन र दीर्घकालीन विषयमा गम्भीर बहस र निर्णय हुन अत्यन्त आवश्यक छ । यसका लागि राष्ट्रियता, लोकतन्त्र र समाजवाद पक्षधर व्यक्ति तथा शक्तिहरु एक ठाउँमा उभिनुपर्ने आवश्यकता टड्कारो भएको छ । यो बैठक, राष्ट्रियता, लोकतन्त्र र अग्रगमन पक्षधर सबै व्यक्ति तथा शक्तिहरुलाई एकताबद्ध र ध्रुवीकृत हुँदै दक्षिणपन्थ र यथास्थितिवादका विरुद्धमा दृढतापूर्वक उभिन र त्यसका लागि सबल राष्ट्रिय शक्ति निर्माणका लागि नेकपा ९एमाले० मा गोलबन्द हुन आह्वान गर्दछ ।
११.सांस्कृतिक विविधता र परम्पराहरुले समृद्ध रहेको हाम्रो मुलुकमा महिलाहरुले मनाउने तीज पर्व नजिकै आएको छ । सांस्कृतिक पक्षका अलावा पारिवारिक र सामाजिक सद्भाव अभिवृद्धिका लागि हाम्रा पर्वहरुले सकारात्मक योगदान गरिरहेका छन् । यी सकारात्मक पक्षहरुलाई अझ उजागर गर्दै सामाजिक चेतना निर्माणमा यस्ता पर्वहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेका छन् । यो बैठक, आपसी सद्भाव अभिवृद्धिका साथै शोषण, उत्पीडन, अभाव र भेदभावका विरुद्ध सामाजिक जागरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने तीज पर्वका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरुप्रति हार्दिक शुभकामना व्यक्त गर्दछ । साथै, यो बैठक थारु जातिको महत्वपूर्ण पर्व अटवारी र सुदूरपश्चिममा मनाइने गौरा पर्वका अवसरमा शुभकामना व्यक्त गर्दछ ।
१२.यो बैठक पार्टीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य कमरेड इन्दिरा चापागाईं, रोल्पा जिल्ला कमिटी सचिव कमरेड निमप्रसाद रोक्का, कम्युनिस्ट योद्धा नानीमैयाँ नकर्मी र गण्डकी प्रदेश कमिटीका अध्यक्ष कमरेड नवराज शर्माका पिता यमलाल शर्माको निधनप्रति गहिरो दुःखका साथ श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गर्दछ ।





प्रतिक्रिया