काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गरेको छ।
ललितपुर च्यासलस्थित पार्टी मुख्यालयमा बसेको निर्वाचन परिचालन कमिटीको पहिलो बैठकले उक्त कमिटी बनाएको हो । कमिटीमा ३४ सदस्यीय केन्द्रीय सचिवालय गठन गरिएको छ । परिचालन कमिटीको सचिवमा उपमहासचिव विष्णु रिमाल चयन गरिएको एमालेले जनाएको छ ।

एमालेले देशव्यापी निर्वाचन परिचालन कमिटी गठन गरेर निर्वाचनमा होमिने निर्णय गरेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।
शनिबार सम्पन्न एमाले केन्द्रीय समिति बैठकले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको थियो । साथै, भदौ २२ सम्म प्रतिनिधिसभा र प्रदेश सभा उम्मेदवारका लागि नाम सिफारिस गरिसक्न निर्देशन दिएको छ ।





प्रतिक्रिया