अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाल्पामा छोराको चिर्पट प्रहारबाट बाबुको मृत्यु

पाल्पामा छोराको चिर्पट प्रहारबाट बाबुको मृत्यु


पाल्पा – पाल्पामा छोराले दाउराको चिर्पट प्रहार गर्दा बाबुको ज्यान गएको छ।

माथागढी गाउँपालिका ४ नेटा बस्ने १४ वर्षीय छोराले घरमा सामान्य झै झगडा हुँदा आफ्नो बाबु ४५ वर्षीय तीलबहादुर दिशाा मगरलाई चिर्पट दाउराले प्रहार गरेका थिए ।  

प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

चिर्पट प्रहार गर्ने छोरालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको पाल्पाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र थापाले जानकारी दिनु भयो ।