अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मोहन वैद्यको क्रान्तिकारी माओवादीले चुनाव बहिष्कार गर्ने

मोहन वैद्यको क्रान्तिकारी माओवादीले चुनाव बहिष्कार गर्ने


काठमाडौं – मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा चुनाव बहिस्कार गर्ने निर्णय गरेको छ।

स्वच्छ, निष्पक्ष तथा धाँधलीरहित उदारवादी हिसावले सम्पन्न गरिने नभई वर्तमान राज्यसत्ता तथा व्यवस्थाका प्रतिनिधिहरूद्वारा फासीवादी ढङ्गले प्रस्तुत हुने देखिएको लगायत पाँच कारण देखाउँदै वैद्यको पार्टीले चुनाव वहिस्कार गर्ने भएको हो।

भदौ १० देखि १२ गतेसम्म काठमाडौंमा बसेको पार्टीको केन्द्रीय समितिको विशेष बैठकले यस्तो निर्णय लिएको क्रान्तिकारी माओवादीले जनाएको छ।