अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

त्रिविको समस्याप्रति प्रधानमन्त्री नै आँखामा पट्टि र कानमा तेल हालेर सुतेको छ: सुनिता बराल

त्रिविको समस्याप्रति प्रधानमन्त्री नै आँखामा पट्टि र कानमा तेल हालेर सुतेको छ: सुनिता बराल


काठमाडौं – नेकपा एमालेको भ्रातृ संगठन अनेरासस्ववियुले त्रिभुवन विश्वविद्यालयका समस्या समाधान गर्न कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पहलकदमी नलिएको बताएको छ।

त्रिविका समस्याबारे प्रधानमन्त्री नै बेखबर रहेको अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष सुनिता बरालले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

‘विश्वविद्यालयहरुको नेतृत्व गरिरहेका कुलपति तथा प्रधानमन्त्री देशकै ठूलो विश्वविद्यालयको समस्या प्रति बेखबर जसरी आँखामा पट्टि र कानमा तेल हालेर बसिरहनुले सरकार त्रिविलाई बौद्धिक थलो होइन आपराधिक केन्द्र बनाउन आफैँ क्रियाशील छ भन्ने पुष्टि पनि गर्दछ । यस्तो संवेदनशील विषयमा प्रेस जगत मौन छ, प्राध्यापक वर्ग डर त्रासमा छन, र विद्यार्थीहरु चिन्तित छन्,’ विज्ञप्तिमा उल्लेख छ।

नेविसंघले त्रिविमा यसअघि लगाएको ताला अनेरास्ववियुको विरोधपछि खोलेको थियो। गत असारदेखि पुनस् त्रिविका विभिन्न निकायमा नेविसंघले ताला लगाएको छ।