अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली र रवीन्द्र मिश्रबीच भेट

एमाले अध्यक्ष ओली र रवीन्द्र मिश्रबीच भेट


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रबीच भेटवार्ता भएको छ।

अध्यक्ष ओली निवासमा ओलीसँग अढाई घन्टा भेट भएको मिश्रले सामाजिक सञ्जालमार्फत तस्वीरमा  सार्वजनिक गर्दै जानकारी गराउनु भएको हो । आइतबार साँझ उहाँहरुबीच भेट भएको हो ।

आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हष्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, उहाँको राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्शा पारित गर्नु पूर्व भोगेका जटीलता तथा अन्य कयौं विषयमा छलफल भएको मिश्रले बताउनु भएको छ ।

त्यस्तै, आगामी आम निर्वाचनमा काठमाडौं–१ मा सहकार्यबारे छलफल भएकाे थियाे।

मिश्रले आगामी निर्वाचनको विषयमा छलफल भएको बताउनु भयो । उहाँले भन्नुभयो , ‘आगामी निर्वाचनको विषयमा पनि कुराकानी भयो ।’

अध्यक्ष ओलीले ‘तपाईं चेस खेलेर आएको मान्छे अहिले बास्केटबलको मैदानमा हुनुहुन्छ, जहाँ छलछाम, घम्साघम्सी सबै हुन्छ। नआत्तिनु होला’ भनेर सुझाव दिएको मिश्रले बताउनुभयो । भेटको अन्त्यमा ओलीले आफू प्रधानमन्त्री हुँदा छाप्न लगाएका एक र दुई रुपैयाँको एक मुठ्ठी सिक्का उपहार दिएको तस्बिरसहित मिश्रले फेसबुकमा राख्नुभएको छ ।

अध्यक्ष ओलीले राती सुत्नुअघि कम्तिमा एक घन्टा पढ्ने गरेको मिश्रलाई सुनाउनु भएको थियो ।

‘तपाईं धर्म–संस्कृतिदेखि भूगोल र इतिहासका यति धेरै कुरा कसरी गर्न सक्नुहुन्छ ?” मैले सोधें। उहाँले भन्नुभयो, “म अहिले पनि राती सुत्नुअघि कम्तिमा एक घण्टा पढ्छु।,’ मिश्रले भनेका छन्।