काठमाडौं – बानेश्वरस्थित नोबेल एकाडेमीको प्लस टूमा अध्ययनरत विद्यार्थीले कोअर्डिनेटरले छात्राहरूलाई ह्यारेसमेन्ट गरेको भन्दै प्रदर्शन गरेका छन् ।
बानेश्वर प्रहरी वृत्तका प्रमुख डीएसपी निशान्त श्रीवास्तवका अनुसार एकाडेमीका छात्रा विरोधमा उत्रिएपछि घटनाको अनुसन्धान थालिएको छ।
शिक्षकबाट यौन दुर्व्यवहार भएको भन्दै कक्षा १२ का विद्यार्थीले विद्यालयमा विरोध प्रदर्शन गरेका हुन्।
‘अहिले हामी पीडित छात्रासँग जानकारी लिइरहेका छौं’, डीएसपी श्रीवास्तवले भन्नुभयो, ‘घटनाबारे अनुसन्धान हुँदै छ।’
घटना अनुसन्धानकै क्रममा रहेकाले उहाँले आरोपितको नाम खुलाउन चाहेनन्।
प्रतिक्रिया