अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली र पत्रकारबीच आज अन्तरक्रिया

अध्यक्ष ओली र पत्रकारबीच आज अन्तरक्रिया


काठमाडौ -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकारसँग साक्षात्कार गर्ने हुनुभएको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागको आयोजनामा आज दिउसो अध्यक्ष ओलीले पत्रकारहरुसँग सात्क्षात्कार गर्न लाग्नुभएको हो ।
विभाग उपप्रमुख बिष्णु रिजालका अनुसार आज दिउसो १ बजे कार्की ब्यांक्वेट बबरमहलमा अध्यक्ष ओलीसँग पत्रकारको साक्षात्कार कार्यक्रम राखिएको छ ।

नेकपा एमाले केन्द्रीय कमिटी बैठकले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा जाने निर्णय लिएपछिको यो पहिलो औपचारिक कार्यक्रम हो । आजको साक्षात्कारमा अध्यक्ष ओलीले पत्रकारको प्रश्नसँगै सुझावसमेत लिनुहुने र आफ्नो धारणा राख्नुहुनेछ ।