काठमाडौ- काठमाडौं महानगरपालिकाले अवैध संरचनाहरु भत्काउने कामलाई निरन्तरता दिएको छ।
न्युरोडस्थित सुरज आर्केडको पार्किङ क्षेत्र खाली गराउनेगरी महानगरपालिका त्यसतर्फ जान लागेको हो। केहीबेरमा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोली न्यूरोडमा रहेको सुरज आर्केडको पार्किङ खाली गराउन जान लागेको हो।
हिजो रत्नपार्कको सब–वेमा महानगरपालिकाले डोजर चलाएको थियो।
केहीदिनदेखि नयाँ बानेश्वर, शंखमुल, सुन्धारा न्यूरोड लगायतका क्षेत्रका अवैधानिक संरचना धमाधम महानगरपालिकाले भत्काइरहेको छ।
प्रतिक्रिया