अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

त्रिविको समस्या समाधान गर्न सभामुख सापकोटाको रुलिङ

त्रिविको समस्या समाधान गर्न सभामुख सापकोटाको रुलिङ


काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयमा देखिएका समस्या समाधान गर्न सरकारलाई रुलिङ गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले त्रिविको समस्या समाधान गर्न रुलिङको माग गर्नुभएको थियो । उहाँका माग बमोजिम सभामुख सापकोटाले त्रिविमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिनुभएको हो ।

लामो समयदेखि त्रिविमा लागेको तालाबारे उपकुलपतिसहितको जवाफ मागेका सांसद ज्ञवालीले समस्या समाधानमा सरकारले पहल नगरेको आरोप लगाउनुभयो ।

समस्या समाधानका लागि रुलिङ जारी नभएसम्म बैठक चल्न नसक्ने बताउँदै एमालेका सांसद उठेर विरोध जनाएपछि सभामुख सापकोटाले सरकारको नाममा रुलिङ गर्नुभएको हो।

सोमबारको प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले त्रिभूवन विश्वविद्यालयमा तालाबन्दी लगायतका विरोधका कार्यक्रमले पठनपाठन प्रभावित भएकोप्रति प्रतिनिधि सभाको गम्भिर ध्यानाकर्षण भएको बताउनु भयो। उहाँले त्रिभुवन विश्वविद्यालयको समस्यालाई शिघ्र समाधान गर्न सरकारलाई निर्देशन दिनु भयो ।

‘त्रिभुवन विश्वविद्यालयमा भएको तालाबन्दी लगायतका बिरोध कार्यक्रमहरुले विश्वविद्यालयको शैक्षिक एवं पठनपाठन कार्य प्रभावित हुन गएको भन्ने विषयमा माननीय सदस्यले कुरा उठाउनुभएको छ,’ सभामुख सापकोटाले भन्नुभयो, ‘सभाको गम्भिर ध्यानाकर्षण भएको छ। तसर्थ यो समस्या शिघ्र समाधान गर्न नेपाल सरकारलाई निर्देशन दिन्छु।’