अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा रमेशजंग रायमाझी मनोनित

कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा रमेशजंग रायमाझी मनोनित


काठमाडौं – नेपाली कांग्रेसले राष्ट्रियसभाका लागि संसदीय दलको नेतामा रमेशजंग रायमाझीलाई मनोनीत गरेको छ ।

संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम सभापति एवं संघीय संसद संसदीय दलका नेता शेरबहादुर देउवाले रायमाझीलाई राष्ट्रियसभा संसदीय दलको नेतामा मनोनयन गरेको कांग्रेस संसदीय दलको कार्यालयले विज्ञप्ति निकालेर जनाएको छ ।

यसअघि राष्ट्रियसभामा संसदीय दलको नेता रहेका राधेश्याम अधिकारी ४ वर्षे कार्यकालपछि बिदा भएका कारण यो पद रिक्त थियो ।