काठमाडौं – नेकपा एमालेका सांसद प्रदिप ज्ञवालीले वेपत्ता पारिएका व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक पारित गर्ने प्रकृया विश्वसनीय बनाउनुपर्ने बताउनु भएको छ ।
संसदमा विधेयकमाथि दफावार छलफलमा भाग लिनुहुँदै सांसद ज्ञवालीले फास्टट्रयाकबाट विधेयक पारित गरिए परिस्थिति गिजोलिने बताउनु भयो । उहाँले भन्नुभयो, ‘विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको १६ वर्ष भयो । विधेयक पारित गर्ने प्रकृया विश्वसनीय भएन भने यो विषय अझ गिजोलिनेछ । सरकारमा द्वन्द्वरत पक्षहरु हुनुहुन्छ । संवेदनशिल अझ उहाँहरु हुनुपर्छ । यसका स्टेक होल्डर पीडित त बाहिर छन् । सरोकारवालाहरु बाहिर नै छन् । पीडित र नेपाल पक्ष राष्ट्र भएका कमिटमेन्टलाई ध्यान दिनुपर्छ ।‘
ज्ञवालीले विधेयमाथि गम्भीरतापूर्वक छलफल गर्न जरुरी रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘विधेयकमा माननीय मन्त्रीज्यूले गम्भीर मानवअधिकार उल्लंघन र मानवअधिकार उल्लंघन दुईवटा क्याटोगोरीमा बाँड्नु भएको छ । यो कति सही हुन्छ । गम्भीरतापूर्वक छलफल गर्न जरुरी छ । माननीय मन्त्रीज्यू मन्त्री हुनुभन्दा अगाडि बहस गर्नुहुन्थ्यो । पीडितमैत्री गोविन्द शर्मा (बन्दी) अहिले यो कानुन टुंग्याउन खडा भएको मन्त्री दुईवटा फरक पात्र नबनोस् भन्न चाहन्छु ।’





प्रतिक्रिया