अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आगामी चुनावमा एमालेका ८ लाख संगठित सदस्यले प्रति सदस्य दुई भोट बढाउने रणनीति

आगामी चुनावमा एमालेका ८ लाख संगठित सदस्यले प्रति सदस्य दुई भोट बढाउने रणनीति


काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा प्रति संगठित सदस्यले दुई भोट अनिवार्य बढाउन सबै संगठित सदस्यको लागि चुनावी रणनीति बनाइएको बताउनु भयो।  

गठबन्धन भर्सेज् बलियो राष्ट्रिय शक्तिबीच हुने बताउनु भएको छ ।

एमालेले एकल बहुमतको लागि प्रति संगठित सदस्यले दुई मत बढाउने नीति लिइएको महासचिव पोखरेलले बताउनु भयो । आगामी चुनावमा एकल बहुमतको लागि एमालेसँग भएको मतमा १६ प्रतिशत मत बढाउने रणनीति लिएको बताउनु भयो ।

विकास र समृद्धिको अभियानलाई पूरा गर्न अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्री सारिएको महासचिव पोखरेलले बताउनु भयो । अध्यक्ष ओली नेतृत्वमा सुरू भएका विकास र समृद्धिको अभियान पूरा गर्न आगामी चुनावमा एकल बहुमतको सरकार निर्माणको अभियानमा एमाले लागेको बताउनु भयो ।

ओली प्रधानमन्त्री भएका बेला संविधान जारी गर्न, भारतले लगाएको नाकाबन्दी विरूद्ध अगुवाई गरेकाले जनतामा एमाले लोकोप्रिय रहेको पोखरेलले बताउनु भयो ।