काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको राजनीतिलाई सही बाटोमा डोर्याउन लागि भावी प्रधानमन्त्रीको रुपमा अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेको बताउनु भएको छ ।
एमालेको प्रचार विभागले आज राजधानीको कार्की ब्यान्क्वेटमा आयोजित अन्तरक्रिया साक्षात्कार कार्यक्रममा पार्टीको निर्णयबारे जानकारी गराउँदै महासचिव पोखरेलले सो कुरा बताउनु भएको हो ।
‘नेपालको राजनीतिलाई सही बाटोमा डोर्याउनका लागि हामीले प्रधानमन्त्रीको रुपमा केपी ओलीलाई अघि सारेका छौं।’ महासचिव पोखरेलले भन्नुभयो ।
नेपाली कांग्रेस नीतिगत रुपमा सामथ्र्य गुमाइसकेको दल भएको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘कांग्रेस नीतिगत सामथ्र्य गुमाइसकेको दल हो ।‘

अब नेपाललाई विकास र समृद्धिमा लैजान काम एमालेको हातमा रहेको उहाँले दाबी गर्नु भयो । उहाँले भन्नुभयो, ‘पूर्वाधार निर्माणका क्षेत्रमा ठूलो काम भएको छ । एमाले र नेतृत्वमाथि निरन्तर घेराबन्दी भएको छ। अदालतलाई मर्यादित बनाउन खोजेको तर विकास समृद्धको एजेन्डासहित जनताबीच सामाजिक सुरक्षासहित लोककल्याणकारी राज्य बनाउने अभियानमा छौँ।’
पहिचान र जातजातिको नाममा विभाजित गर्न खोज्दा केपी ओलीले अहम् भूमिका खेलेको भन्दै प्रधानमन्त्रीको रुपमा अघि सारिएको महासचिव पोखरेलले प्रष्ट्याउनु भयो ।





प्रतिक्रिया