अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा शीतल निवासमा

राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा शीतल निवासमा


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डरीलाई भेट्न नेपाली कांग्रेसका पदाधिकारीसहित राष्ट्रपति भवन शीतलनिवास पुग्नुभएको छ ।

उहाँ कांग्रेस सभापतिको हैसियतमा राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुग्नु भएको हो ।

नागरिकता विधेयका विषयमा छलफल गर्न राष्ट्रपति भण्डारीले प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवालाई बोलाउनु भएको थियो । देउवा उपसभापति धनराज गुरुङ महामन्त्री, गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीलाई साथमा लिएर शीतल निवास पुग्नु भएको छ । 

संघीय संसदका दुबै सदनबाट पारित भएर प्रमाणीकरणका शीतल निवास पुगेको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले फिर्ता गरिदिनु भएको थियो । संसदका दुबै सदनबाट प्रक्रिया पुर्याएर पुनः राष्ट्रपति समक्ष पठाउने तयारी छ ।