अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिको राजीनामा भनेर अतिरञ्जना गर्न खोजियो : एमाले महासचिव पोखरेल

राष्ट्रपतिको राजीनामा भनेर अतिरञ्जना गर्न खोजियो : एमाले महासचिव पोखरेल


काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामाको विषय अतिरञ्जना गरिएको बताउनु भएको छ ।

राजधानीमा सोमबार संचारकर्मीसँगको कुराकानीका क्रममा महासचिव पोखरेलले सो कुरा बताउनु भएको हो। उहाँले भन्नुभयो, ‘विधेयकमा जोडेर राष्ट्रपतिको राजीनामा अनिरञ्जना हो । राष्ट्रपतिको टेबलमा पुगेपछि निर्णय होला एमाले वैचारिक र संगठनात्मक रूपमा एक छ।’

शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको नेतृत्वमा समाजवाद आउँछ भन्नु मजाकको विषय भएको उहाँले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रचण्ड, माधव नेपाल र देउवाको नेतृत्वमा समाजवादको कुरा गर्नुहुन्छ यो मजाकको विषय हो।’

राष्ट्रपतिले पुनर्विचार गरेको कुरा पाँच दलिय सत्तारुढ गठबन्धनले अटेरी गरेको उहाँले बताउनु भयो । एमाले अहिलेसम्म संसदीय लोकतन्त्रमै रहेको बताउँदै तत्काल प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीमा नजाने उहाँले बताउनु भयो ।