काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस पदाधिकारीसँग नागरिकता विधेयक र निर्वाचन तयारीका बारेमा जिज्ञासा राख्नुभएको छ ।
आज प्रधानमन्त्री देउवाले सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापालाई लिएर शीतल निवास पुग्नु भएको थियो ।
राष्ट्रपतिसँग समसामयिक राजनीतिक विषयमा कुराकानी भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘समसामयिक राजनीतिक विषयमा कुराकानी भयो । नागरिकता विद्येयकका विषयमा पनि राष्ट्रपतिजीले केही जिज्ञासाहरू राख्नुभएको थियो। निर्वाचनको तयारी लगायत विषयहरूमा कुराकानी भयो।‘
पछिल्लो समय सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयक कुनै छलफल नगरी प्रतिनिधिसभामाबाट पारित भएपछि राष्ट्रपति सरकारसँग असन्तुष्ट रहेको बताइएको छ ।
राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि संघीय संसद्मा फिर्ता गरेको नागरिकता विधेयकलाई राष्ट्रिय सभाले संसदीय समितिमा पठाएको छ । राष्ट्रपतिको सन्देशलाई बेवास्ता गर्दै प्रतिनिधिसभाले जस्ताको तस्तै पारित गरेको विधेयकलाई राष्ट्रिय सभालेले पुनर्विचारका लागि विधयान व्यवस्थापन समितिमा पठाएको हो ।
गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रिय सभाको आइतबारको बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९’ लाई विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव राख्नु भएको थियो ।
राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएर पठाइएको विधेयकलाई समितिमा पठाउनका लागि सरकारलाई मनाएका थिए ।





प्रतिक्रिया