काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका नेताहरुलाई छलफलमा बोलाउनु भएको छ ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार आज (सोमबार) साँझ ५ बजे राष्ट्रपति कार्यालयमा आउने गरी उहाँले एमाले नेताहरुलाई बोलाउनु भएको हो । एमालेका नेताहरूसँग कुन विषयमा छलफल हुने भन्ने केही बाहिरएको छैन।
उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसहितका नेताहरु शीतल निवास जाने तयारीमा रहेको एमालेका एक नेताले जानकारी दिनु भयो । एमाले अध्यक्ष केपी ओली भने अस्वस्थताका कारण सो छलफलमा सहभागी नहुने एमाले स्रोतले जनाएको छ।
राष्ट्रपति भण्डारीले सोमबार नै नेपाली कांग्रेसका नेताहरुसँग छलफल गर्नुभएको थियो । भेटमा के विषायमा छलफल भयो भन्ने विषय सार्वजनिक नभए पनि नागरिकता विधेयकबारे छलफल भएको आकलन गरिएको छ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र केन्द्रीय सदस्य तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका साथमा शीतलनिवास पुगेर राष्ट्रपतिसँग भेट गरेका थिए।





प्रतिक्रिया