अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

दाङमा चट्याङ लागेर दुई महिलाको मृत्यु, १२ जना घाइते

दाङमा चट्याङ लागेर दुई महिलाको मृत्यु, १२ जना घाइते


दाङ- दाङमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्। घोराही उपमहानगरपालिका १२ गुर गाउँमा मंगलबार बेलुकी चट्याङ लागेर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। मृतक र घाइतेको अझै नाम खुल्न नसकेको दाङका प्रहरी प्रवक्ता डीएसपी राजन गौतमले बताउनुभयो ।।
‘दुई जनाको मृत्यु भन्ने जानकारी आएको छ। त्यहाँ जान गाडीबाट झरेर पनि ४ घण्टा हिँड्नुपर्छ। कसैसँग सम्पर्क भएको छैन’ उहाँले भन्नुभयो ‘बिहान वडाध्यक्षलाई फोन आएको रहेछ उहाँ पनि हाम्रो प्रहरीसँगै गइरहनुभएको छ। अझै डेढ घण्टा जतिमा पुगौंला भन्नुभएको छ।’

त्यो ठाउँमा फोन सम्पर्कसमेत नभएको डीएसपी गौतमले बताउनुभयो।