काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं–४ बाटै प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिने बताउनु भएको छ ।
कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका लागि दिएको मनोनयन फारम सामाजिक सञ्जालमार्फत् बाहिरिएपछि उहाँले यस्तो प्रष्टीकरण दिनु भएको हो ।
महामन्त्री थापाले भन्नुभयो, ‘म काठमाडौँ–४ मै लड्छु। यता कसैले आवेदन मागेको छैन। मैले दिएको पनि छैन। तर, मेरो नाम सिफारिस भैहाल्छ । कास्की १ बाट मनोनयन फारम दर्ता गरिएको बारेमा केही जानकारी छैन।’







प्रतिक्रिया