अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनावमा गठबन्धनले जिते देश बर्बाद हुन्छ, एमालेले जिते देश बन्छ : अध्यक्ष ओली

चुनावमा गठबन्धनले जिते देश बर्बाद हुन्छ, एमालेले जिते देश बन्छ : अध्यक्ष ओली


कञ्चनपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका पक्षमा देशभर जागरण आएको बताउनु भएको छ ।  

एमाले कञ्चनपुरले महेन्द्रनगर स्मारकमा आज गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनसँग जनता नभएको टिप्पणी गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘देशमा जनजागरण आएको छ, माथि माथिका नेता गठबन्धनमा छन्, सबै जनता एमालेमा छन् । पार्टीका कार्यकर्ताहरु, देश बनाउनु पर्छ भन्नेहरु एमालेको पक्षमा छन्, एमालेले जिते मात्रै देश बन्छ।’

आगामी चुनावमा गठबन्धनले जिते देशले हार्ने उहाँको टिप्पणी थियो। लोकतान्त्रिक आचरण अभ्यास गर्ने पार्टी नेकपा एमाले मात्रै भएको ओलीले बताउनु भयो ।

‘सत्ता प्राप्तिका लागि मात्रै गठबन्धन बनेको हो, जनताले धेरै आशा गर्ने ठाउँ छैन’ उहाँले भन्नुभयो, ‘गठबन्धनले जिते देश हार्छ, एमालेले जिते देश जित्छ ।’