काठमाडौ -सुदुरपश्चिममा नेकपा एसका प्रभावशाली नेताहरु पार्टी प्रवेश गराएको भोलीपल्ट नेकपा एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओली आज अपरान्ह सुदुरपूर्व झापा जाँदै हुनुहुन्छ ।
अपरान्ह तीन बजे भद्रपुर विमानस्थल हुँदै अध्यक्ष ओली झापा जाने उहाँको सचिवालयले जनाएको छ । एमाले प्रदेश कमिटी सदस्य एवं अध्यक्ष ओलीका साँसद प्रतिनिधी होमबहादुर थापाका अनुसार आजै साँझ आफ्नो निर्वाचन क्षेत्र झापा ५ का बुद्धिजीवी तथा शिक्षकहरुसँग उहाँले अन्तरक्रिया गर्ने कार्यक्रम छ । यसैगरी विपक्षी पार्टीमा रहेका विभिन्न समुहहरुलाई एमालेमा प्रवेश गराउने कार्यक्रम पनि छ । खासगरी कार्यकर्ता र मतदाताहरुसँग व्यक्रिगत भेटघाटलाई प्राथमिकता दिइने पनि सचिवालयले जनाएको छ । अध्यक्ष ओली साँझ दमक स्थित निजी निवास दमक ९ मा बस्नुहुनेछ ।
भोली मोरङको सुन्दर हरैंचामा हुने नेपाल जेसिजको कार्यक्रमलाई सम्बोधन गरेर अध्यक्ष ओली आफ्नो निर्वाचन क्षेत्रको सिमावर्ती गाउँ गौरीगञ्ज पुग्नु हुनेछ । त्यहाँ विभिन्न पार्टी त्यागेर एमाले प्रवेश गर्र्नेहरुलाई स्वागत र सम्बोधन गर्ने कार्यक्रम छ । उक्त दिन साँझ पनि मतदाा र कार्यकर्ता भेटघाटलाई निरन्तरता दिनुहुनेछ । केही विपक्षी दलका नेता तथा कार्यकर्ताहरुले पनि अध्यक्ष ओलीसँग भेटका लागि समय मागेका छन् । त्यसका लागि समय व्यवस्थापन गरिने सचिवालयले जनाएको छ । साँझ अध्यक्ष ओली दमकमै बस्नुहुनेछ ।
गृहजिल्ला भ्रमणको तेस्रो दिन शनिबार अध्यक्ष ओली विहान आन्तरिक भेटघाटपछि सुनसरीको दुहबीमा आयोजना हुने कार्यक्रममा सहभागी हुने कि सिधै भद्रपुरबाट फर्किने निश्चित भइनसकेको जनाइएको छ ।
प्रतिक्रिया