चितवन -लगातारको वर्षासँगै आएको पहिरोले नारायणगढ–मुग्लिन सडक खण्ड अवरूद्व भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९ केराबारीस्थित नारायणगढ–मुग्लिन सडक खण्डमा बिहीबार बिहान करिब ६ बजे माथिबाट लेदो सहितको पहिरो झर्दा सडक अवरूद्व भएको हो ।
घटनास्थलमा पुगेको प्रहरी टोलीले सडक विभागसँग समन्वय गरी बाटो खुलाउने पहल गरिरहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिनुभयो ।
बाटो अवरूद्ध भएसँगै दुबै तर्फ सवारीको लामो लाइन लागेको छ।
यसअघि पनि पानी पर्नासाथ चितवन मुग्लिन सडक खण्ड अवरूद्ध हुँदै आएको छ।
प्रतिक्रिया