काठमाठडौं – स्वतन्त्र उम्मेदवारहरुले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’को घोषणा गरिएको छ ।
ललितपुरको हेरिटेज गार्डेनमा बिहीबार आयोजित एक कार्यक्रममार्फत अभियानको घोषणा गरिएको हो । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरिएको हो ।
काठमाडौं–८ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका सुमन सायमीसहितले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गर्नुभएको हो ।
अभियानको संयोजकमा सायमी रहनुभएको छ । आगामी निर्वाचनमा देशभरबाट स्वतन्त्र उम्मेदवारी दिनेलाई एकत्रित गर्न अभियानको घोषणा गरेको सायमीले बताउनुभयो। देशभरबाट उठ्ने स्वतन्त्र उम्मेदवारले एउटै चुनाव चिह्न र घोषणपत्र लिएर जनतामाझ जाने गरी अभियान घोषणा गरिएको हो ।
को कहाँबाट ?
प्रतिनिधि सभा
मधुसुदन पाठक ‘सिते बा’-काठमाडौं क्षेत्र नम्बर-५
विद्या श्रेष्ठ महर्जन-काठमाडौं क्षेत्र नम्बर-९
रोहन कार्की-काठमाडौं क्षेत्र नम्बर-२
भीष्म राणा-रुपन्देही क्षेत्र नम्बर-५
राजाराम तन्डुकार-ललितपुर क्षेत्र नम्बर-३
सुमन सायमी-काठमाडौं क्षेत्र नम्बर-८
प्रदेश सभा
विनोद बजगाईं-काठमाडौ २ ‘क’
अनिलकुमार पाण्डे-महोत्तरी २ ‘ख’
गजेन्द्र कुमार भगत-उदयपुर २ ‘क’
विजय कालिकोटे-सुनसरी १ ‘क’
यो अभियानका संयोजक सुमन सायमी गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बनेका थिए।
प्रतिक्रिया