काठमाडौं – नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गर्नुभएको छ ।
गठबन्धनको सीट बाँडफाँट पेचिलो बनिरहेका बेला काँग्रेस नेता कोइराले एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गर्नुभएको हो ।
ओली गृहजिल्ला झापा जानुअघि कांग्रेसभित्रको प्रतिपक्षी समूहका नेता कोइरालासँग डेढ घण्टाभन्दा बढी छलफल भएको थियो।
पेचिलो बन्दै गइरहेको सत्ता गठबन्धनको सिट बाँडफाड र यही समयमा काँग्रेस भित्रका प्रतिपक्ष दलका नोताले अध्यक्ष ओलीलाई भेट्नुललाई अर्थपूर्ण रुपले हेरिएको छ ।
सीट बाँडफाँटमा एक सय निर्वाचन क्षेत्र नछाड्न बुधबारको बैठकमा पनि शेखर कोइराला पक्षले दबाब दिएको थियो । कोइराला पक्ष सीट बाँडफाँटदेखि टिकट वितरणसम्म देउवाले एकलौटी गर्ने त्रासमा छ ।
केही दिनअघि कांग्रेसका अर्का नेता डा .मिनेन्द्र रिजालले पनि बालकोट पुगेर अध्यक्ष ओलीसँग छलफल गर्नुभएको थियो । त्यसलगत्तै ओलीसहितका नेताले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए ।
प्रतिक्रिया