धनगढी- नेकपा एमाले कैलालीका पूर्वअध्यक्ष तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य रतन थापासहित ६ जनालाई एमाले कैलालीले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निकालेको छ।
एमाले कैलालीका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशीले विज्ञप्ति जारी गर्दै पार्टीको विधानको धारा ८१ को उपधारा १ बमोजिम उनीहरूलाई कारबाही गरिएको बताउनुभयो । स्थानीय तहको निर्वाचनमा अन्तरघात गरेको भन्दै अध्यक्ष पदबाट बर्खास्त गरिएका थापा बिहीबार मात्रै नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नुभएको छ। थापासँगै एमालेले पत्नीसमेत रहेकी लम्कीचुहा नगरपालिकाकी निवर्तमान उपमेयर टिका थापा र अन्यमा तुला थापा, धरम थापा, दुजराम चौधरी र पूर्ण साउदलाई पनि कारबाही गरेको हो।





प्रतिक्रिया