अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

आरजुको नाम कैलाली ५ बाट प्रत्यक्ष र डडेल्धुराबाट समानुपातिकमा सिफारिस

आरजुको नाम कैलाली ५ बाट प्रत्यक्ष र डडेल्धुराबाट समानुपातिकमा सिफारिस


काठमाडौं – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाको नाम आगामी मंसिरमा हुने संसदीय निर्वाचनका लागि दुई ठाउँबाट सिफारिस भएको छ।

राणालाई प्रधानमन्त्री एवं पति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराबाट समानुपातिक प्रणालीबाट उम्मेदवार बनाउने गरी नाम सिफारिस गरेको छ ।

कांग्रेस जिल्ला कार्यसमितिको आज बसेको बैठकले प्रतिनिधितर्फ प्रत्यक्षमा प्रधानमन्त्री देउवाको नाम सर्वसम्मत गर्दा आरजुलाई समानुपातिकमा राखेर पठाएको हो।

उता २०७४ को निर्वाचनमा एमालेका नारदमुनि रानासँग पराजित भएको कैलाली क्षेत्र नम्बर ५ बाट पनि आरजुको नाम सिफारिस भएको छ।

आरजुको नाम कैलाली ५ बाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फको उम्मेदवारका रुपमा त्यहाँको कमिटीले सर्वसम्मत सिफारिसमा गरेर पठाएको हो।