अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

राष्ट्रियता र देशभक्तको पक्षमा भोट हाल्न अध्यक्ष ओलीको आग्रह

राष्ट्रियता र देशभक्तको पक्षमा भोट हाल्न अध्यक्ष ओलीको आग्रह


मोरङ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बिगार्न लागेका गठबन्धनका उम्मेदवारहरुलाई भोट नहाल्न आग्रह गर्नुभएको छ ।

विराटनगरमा आज अनेरास्ववियुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले खासगरी पहिलो पटक भोट हाल्न लागेका मतदाताहरुले भोट हाल्ने बेला सोच्नुपर्ने बताउनु भयो । उहाँले सत्ता गठबन्धन अपवित्र रहेको भन्दै गठबन्धनका उम्मेदवारले देश नबनाउने बताउनु भयो र

अध्यक्ष ओलीले भन्नुभयो, ‘तपाईहरु पहिलो पल्ट मतदान गर्दै हुनुहुन्छ भने जिन्दगीको पहिलो भोट गलत ठाउँमा भोट हाल्दै हुनुहुन्छ, त्यसकारण भोट हाल्दै नहाल्नुस्, तपाईको पहिलो भोट देश बिगार्नेका जिम्मामा पर्नुहुँदैन ।’ तपाईको पहिलो भोट अपवित्र गठबन्धनलाई पर्नु हुँदैन, विचार, कर्तव्य र दिशाहिन खान पल्केकालाई होइन, पहिलो भोट राष्ट्रियता र देशभक्तको पक्षमा पर्नुपर्छ ।’