काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले नेकपा एकीकृत समाजवादीका नेता माधव नेपाललाई एमालेमा फर्कन आह्वान गर्नुभएको छ ।
एमाले सम्पर्क समन्वय कमिटीले आज काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलामा नेम्वाङले एकीकृत समाजवादीलाई जनताले अस्वीकार गरिसकेको बताउनु भयो ।
एमालेबाट २० प्रतिशत सिट लिएर पार्टी फुटाएका माधव नेपालले गठबन्धनको सहारा लिएर पनि स्थानीय चुनावमा ४ प्रतिशत मत पनि कटाउन नसकेको भन्दै उहाँले भन्नुभयो, जनताले अदालतले उहाँहरूको अस्तित्वलाई अस्वीकार गर्यो । त्यसैले म विनम्रतापूर्वक र दृढतापूर्वक भन्छु, नेकपा एमालेमा फर्केर आउनुस् ।’
माओवादी केन्द्रले अघिल्लो निर्वाचनमा १७ प्रतिशत मत ल्याएपनि गत स्थानीय निर्वाचनमा १२ प्रतिशत मतमा खुम्चिएको उहाँले बताउनु भयो ।
स्थानीय चुनावमा लोकप्रिय मतको आधारमा एमाले पहिलो पार्टी बनेको र सत्तारुढ नेपाली कांग्रेस गठबन्धन बेगर एमालेको आँखा जुधाएर हेर्न नसक्ने अवस्थामा पुगेको नेता नेम्वाङको दाबी गर्नुभयो ।
प्रतिक्रिया