अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

मोरङ-६ (ख) बाट प्रत्यक्षमा पर्शुराम बस्नेतको नाम सिफारिस

मोरङ-६ (ख) बाट प्रत्यक्षमा पर्शुराम बस्नेतको नाम सिफारिस


मोरङ – मोरङ क्षेत्र नम्बर ६ (ख) बाट प्रदेशसभा सदस्यमा एमाले नेता पर्शुराम बस्नेतको नाम सफारिस गरेको छ।

आज बसेको क्षेत्रीय समन्वय समितिको बैठकले बस्नेतसहित रमेश प्रसाद पोखरेल, राधेश्याम कट्टेल, रोहित कोइरला, दिनानाथ भगत, यसोदा अधिकारी र शिव थापाको नाम फिफारिस भएको हो .

यसअघि बस्नेतको नाम विराटनगरको मेयरमा पनि चर्चामा थियो । सागर थापाको नाममा सहमति भएपछि उहाँ पछि हटेका थिए। एमाले खेलकुद महासंघका अध्यक्षसमेत रहेका बस्नेत राष्ट्रिय युवा संघ नेपालका पूर्वउपाध्यक्षसमेत हुन् ।

सोही निर्वाचन क्षेत्रबाट समानुपातिकामा १३ जनाको नाम सिफारिस भएको छ । जसमा सरस्वती खरेल, मदनकिशोर कामत, गिरेन्द्र कार्की, प्रमिला राउत, विजय कामत, मो. इमाम हैदर, सन्तोषी श्रेष्ठ, अरुण राठी, इन्दु गुप्ता, तीलाकुमारी शर्मा, आरती गेलाल, रिंकु परियार, जयप्रकाश महतो, इन्दिरा गिरि, मीनकुमार आचार्य र मिरा दली रहेका छन् ।

त्यस्तै, मोरङ क्षेत्र नम्बर ६ (क)बाट ११ जनाको नाम सिफारिस भएको छ । जसमा गुरु बराल, रीता न्यौपाने, नीरा भगत, युवराज बराल, सत्यनारायण चौधरी, लक्ष्मी फुँयाल, नागेश पोखरेल, पितकुमार श्रेष्ठ, ज्ञानेन्द्र ओझा, हर्कराज परियार र राजीव गौतम रहेका छन् ।

त्यस्तै, समानुपातिकमा सरस्वती भण्डारी, पुष्पा तामाङ, नवराज विष्ट, मनोज मगर नारायणी भण्डारी, मकरबहादुर बुढाथोकी, वेंजु विश्वास र सुनिता कार्की रहेका छन् ।