अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिन्धुपाल्चोक-२ बाट शेरबहादुर तामाङसहित एमालेका तीनजनाको नाम सिफारिस

सिन्धुपाल्चोक-२ बाट शेरबहादुर तामाङसहित एमालेका तीनजनाको नाम सिफारिस


सिन्धुपाल्चोक – आगामी निर्वाचनका निम्ति प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर–२ बाट एमालेले तीन जनाको नाम सिफारिस गरिएको छ ।

आज बसेको एमाले सिन्धुपाल्चोकको बैठकले प्रतिनिधिसभाको प्रत्यक्ष तर्फबाट सिन्धुपाल्चोक–२ बाट चुनाव लड्न पूर्वमन्त्री शेरबहादुर तामाङ, हस्त पण्डित माधव पाण्डेको नाम सिफारिस गरेको हो ।

सोही क्षेत्रबाट प्रतिनिधिसभामा समानुपातिकतर्फ भने सात जनाको नाम सिफारिस गरिएको छ। सिफारिसमा पर्नेहरुमा कृष्णराज श्रेष्ठ, धर्मकृष्ण श्रेष्ठ, जगन्नाथ आचार्य, डम्बर अर्याल, कमल माझी, डोल्मा तामाङ र दावा तामाङ रहेका छन् ।