अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचनपछि एमाले नेतृत्वको सरकार बन्छ : महासचिव पोखरेल 

निर्वाचनपछि एमाले नेतृत्वको सरकार बन्छ : महासचिव पोखरेल 


डडेलधुरा – नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी मंसीर ४ गते हुने निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । 

डडेलधुरामा आज आयोजना गरिएको जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो ।

महासचिव पोखरेलले नेपाली भूमि समेटिएको चुच्चे नक्शा प्रकाशित गरी संविधानको अनुसूचिमा राखिएको चर्चा गर्दै निर्वाचनपछि बन्ने एमालेको सरकारले नेपाली भूमि फिर्ता लिने काम गर्ने छ भन्नुभयो ।
स्थानीय तहको निर्वाचनको मतपरिणाम हेर्दा एमाले पहिलो शक्ति भएको भन्दै उहाँले केही ठाउँमा पार्टिभित्रकै अन्तर्घातका कारण पराजित हुनु परेको बिषयमा निर्मम समीक्षा भइरहेको बताउनुभयो । 
महासचिव पोखरेलले पार्टीबाट अलग्गिएका नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रमा रहेकाहरुलाई पार्टीमा फर्काउने अभियानलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा पार्टीका सचिव तथा सुदूरपश्चिम इन्चार्ज  लेखराज भट्टले आगामी निर्वाचनमा एमाले एक्लै प्रतिस्पर्धा गर्ने गरी अघि बढिरहेकाले सबै नेताकार्यकर्ताहरू एकताका साथ निर्वाचनमा लाग्न आग्रह गर्नुभयो । 
तत्कालीन प्रधानमन्त्री ओलीको नेतृत्वमा भएका विकास निर्माणदेखि राष्ट्रियताका विषयमा गरेका काम जनतामा जस्ताको तस्तै पुर्याउनुपर्ने भन्दै सचिव भट्टले वर्तमान गठबन्धन सरकारले गरेका राष्ट्रघाती एमसिसी, नागरिकता विधेयक र कोरोना नियन्त्ररणका नाममा गरेको भ्रष्टाचारको भण्डाफोर गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो । 
प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा डडेल्धुरा इन्चार्ज पठानसिंह बोहरा, विक्रम शाही, एमाले डडेल्धुराका अध्यक्ष प्रकाश साँउद लगायतले बोल्नुभएको थियो ।  महासचिव पोखरेलले नेकपा (एमाले) डडेल्धुराको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्नुभएको थियो ।