अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कावासोती हस्पिटलमा शल्यक्रिया सेवा

कावासोती हस्पिटलमा शल्यक्रिया सेवा


कावासोती- नवलपुरको डण्डामा नीजि स्तरबाट सञ्चालन रहेको कावासोती हस्पिटलले शल्यक्रिया शुरु गरेको छ । बिरामीहरुलाई शल्यक्रियाको अभावमा जिल्ला बाहिर जान नपरोस् भन्ने भावनाका साथ हस्पिटलले शल्यक्रियाको सेवा सुचारु गरिएको हस्पिटलका प्रबन्ध निर्देशक प्रविन खनालले जानकारी दिनुभयो ।

हस्पिटलको स्थापना संगै, बिशेषज्ञ सेवा सहितका उपचारहरु हस्पिटलमा हुने गरेको छ । कावासोती १४ का १० बर्षीय बालकको शनिवार डा. अर्चन घिमिरेको टिमले एपेन्डिक्सको शल्यक्रिया गरेको हो । नवलपुरमा स्वास्थ्य सेवा क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्न स्वास्थ्यकर्मीहरु निरन्तर लागि परेको प्रबन्ध निर्देशक खनालले बताउनुभयो ।