दैलेख – नेकपा एमाले दैलेख निर्वाचन क्षेत्र नम्बर २ बाट कर्णाली प्रदेशसभाका बहालवाला सभामुख र केन्द्रीय प्रचार विभागका उपप्रमुख सहित पाँच जनाको नाम सिफारिस भएको छ ।
आज बसेको प्रतिनिधि सभा समन्वय समितिको बैठकले प्रतिनिधि सभाको निर्वाचनका लागि पाँच जनाको नाम पठाउने निर्णय गरेको जिल्ला इन्चार्ज लक्ष्मी पोखरेलले जानकारी दिनुभयो ।
संघीय निर्वाचनका लागि सिफारिस भएका नेताहरुमा प्रदेशसभा सभामुख राजबहादुर शाही, केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख विष्णु रिजाल, हालका प्रतिनिधि सभा सदस्य राजबहादुर बुढा सिफारिस भएका हुन्, जिल्ला इन्चार्ज लक्ष्मी प्रसाद पोखरेल र प्रदेश कमिटिका अध्यक्ष विनोद कुमार शाहको नाम सिफारिस भएको पोखरेलले जानकारी दिनुभयो ।





प्रतिक्रिया