काठमाडौं- काठमाडौंका मेयर बालेन साहसँग सवाल जवाफ गरेर चर्चामा रहेका अल्फा हाउसका सञ्चालक द्विराज शर्मा शिवाकोटी आगामी चुनावका लागि एमालेबाट उम्मेद्वार सिफारिस हुनुभएको छ । शर्मालाई आज नेकपा एमाले काठमाडौँ क्षेत्र नं १ को क्षेत्रीय कमिटीले संघीय संसदका लागि पार्टी केन्द्रमा सिफारिस गरेको हो । शर्मासँगै अन्य पाँचजना नेताको नाम पनि कमिटीले केन्द्रमा सिफारिस गरेको छ ।
नेकपा एमाले क्षेत्र नं १ को क्षेत्रीय कमिटिले शर्मासहित रुपनारायण श्रेष्ठ, बिदुर मैनाली, टिकाराम भट्टराई र केशव घिमिरेको नाम सिफारिस गरेको छ ।





प्रतिक्रिया