सिन्धुपाल्चोक- मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाका लागि नेकपा एमाले सिन्धुपाल्चोकले उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।
चारै प्रदेशको शनिबार सम्पन्न बैठकले प्रतिनिधि सभा २ क्षेत्र र प्रदेश सभा चार क्षेत्रका लागि उमेदववारहरु सिफारिस भएका हुन् ।
क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्षमा एमाले पोलिटब्युरो सदस्य अरुण नेपाल, केन्द्रीय सदस्य सरेश नेपाल र नेताहरु भरतप्रसाद पराजुली र बादल तामाङ सिफारिस भएका छन् ।
त्यस्तै क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, वागमती प्रदेश सभा सदस्यद्धय हस्त पण्डित र माधव पाण्डे सिफारिस भएका छन् ।





प्रतिक्रिया