अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जेलमा भएका आलमको सिफारिसपछि भ्रष्टाचारका आरोपी गच्छादार काँग्रेस उम्मेद्वार सिफारिस

जेलमा भएका आलमको सिफारिसपछि भ्रष्टाचारका आरोपी गच्छादार काँग्रेस उम्मेद्वार सिफारिस


काठमाडौं- ज्यान मुद्धामा जेल सजाँय भोगिरहेका अभियुक्त मोहम्मद अफ्ताव आलम पछि भ्रष्टाचारको आरोपमा निलम्बनमा परेका विजय गच्छादारलाई काँग्रेसले उम्मेद्वार सिफारिस गरेको छ ।
आलमलाई सिफारिस गरेकोमा व्यापक आलोचना भए पनि त्यसको परवाह नगरी काँग्रेस सुनसरीले क्षेत्र नं ३ बाट गच्छादारलाई सिफारिस गरेको हो । काँग्रेस सुनसरी ३ को बैठकले गच्छादारलाई संघीय साँसदका लागि एकल नाम सिफारिस गरेको हो ।
बालुवाटार जग्गा प्रकरणमा मुछिएका साँसद गच्छादारको पद अहिले निलम्बनमा छ । अदालतमा मुद्दा विचाराधीन रहे पनि आफूलाई चुनावमा उम्मेदवार बन्न नरोक्ने भन्दै गच्छदारले आफू नै चुनाव उठ्ने अडान लिनु भएको छ ।