विराटनगर- मोरङ क्षेत्र नम्बर ४ को संघीय निर्वाचनका लागि एमालेका केन्द्रीय सदस्य विनोद ढकालको नाम सर्वसम्मत सिफारिस भएको छ ।
विद्यार्थी राजनीतिबाट उदाएका ढकाल करिब ३७ वर्षदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ । अनेरास्ववियुका पूर्व केन्द्रीय उपाध्यक्ष ढकाल एमाले मोरङको जिल्ला सचिव हुँदै जिल्ला अध्यक्ष भइसक्नु भएको छ ।
यसपटक मोरङ क्षेत्र नम्बर ४ बाट ढकालको जित निश्चित भएको एमाले कार्यकर्ताहरु बताउँछन् ।
सामान्य परिवारका मानिसहरुलाई सहयोग गर्नेदेखि कार्यकर्ताको हरेक दुख सुखमा साथ दिने एक मात्र नेताका रुपमा ढकाल चिनिन्छन् ।





प्रतिक्रिया