काभ्रे -नेकपा एमालेका पोलिटव्यूरो सदस्य गोकुल बाँस्कोटा काभ्रे क्षेत्र नं २ बाट संघीय साँसदका लागि सर्वसम्मत सिफारिस हुनुभएको छ ।
आज बसेको क्षेत्रीय समन्वय कमिटीको बैठकले आगामी मंसिर ४ गते हुने संघीय निर्वाचनका लागि बाँस्कोटाको एकल नाम जिल्लामा पठाउने निर्णय गरेको सो पार्टीले जनाएको छ । बाँस्कोटा २०७४ सालमा यसै क्षेत्रबाट विपक्षी भन्दा करिब दोब्बर मतले विजयी भएका नेता हुनुहुन्छ । बाँस्कोटा केपी शर्मा ओलीको सरकारमा सञ्चार सुचना तथा प्रविधी मन्त्री र सहरी विकास मन्त्रीको जिम्मेवारीमा हुनुहुन्थ्यो ।





प्रतिक्रिया