अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिँदै

राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिँदै


काठमाडौं – पाँच दलीय गठबन्धन सरकारले अहिलेको संसदको आयु मंसिर ४ को चुनावपछिसम्म लैजान लागेपछि असन्तुष्टि जनाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले राजीनामा दिने भएका छन्।

उहाँले राजीनामा दिनुअघि आइतवार २ बजेपछि बस्ने प्रतिनिधिसभाको बैठकलाई अन्तिम सम्बोधन गर्ने भएका छन्। 

लिङ्देनले भन्नुभयो, ‘निर्वाचनको मिति घोषणापछि चुनावी सरकार गठन गर्नुपर्ने हो । यो सरकारले निष्पक्ष चुनाव गर्ने ग्यारेन्टी छैन । त्यसमाथि संसदको म्याद फागुनसम्म लैजानेगरी जसरी कानून नै संशोधन गर्न खोजिदैछ त्यो निर्लज्ज कुरा हो । मैले एक्लै रोक्न सक्दिन,त्यसैले राजीनामा दिने निष्कर्षमा पुगेको हुँ ।’