काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठलाई लाइन बस भन्नेनेकै कारण एकजना सुरक्षागार्डपक्राउ परेका छन् ।
शुक्रबार ठमेलस्थित छायाँ सेन्टरमा बायो मेट्रिक दिन पुगेका मन्त्री श्रेष्ठलाई सुरक्षागार्डले लाइनमा बस्न अनुरोध गरेका थिए ।
पक्राउ पर्नेमा ‘ग्रुप फोर सेक्युरिटी’ अन्तर्गत छायाँ सेन्टरमा कार्यरत शेरजंग कुँवर रहेका छन् । कुँवरले पर्यटनमन्त्री श्रेष्ठ छायाँ सेन्टर पुगेका बेला अन्य व्यक्तिहरु जस्तै लाइन बसिदिन आग्रह गरेका थिए ।
निजी सुरक्षा अधिकृत (पीएसओ) सहितका गएका पर्यटनमन्त्री श्रेष्ठ त्यहाँबाट अगाडि जान खोज्दा उनले रोकेका थिए। लगत्तै पीएसओले उनी मन्त्री भएको बताए पनि कुँवरले ‘जो भए पनि लाइन’मा आउनुस् भनेका थिए । यही विषयलाई लिएर मन्त्रालयले कुँवर विरुद्घ प्रहरीमा जाहेरी दिएसँगै उनी पक्राउ परेका हुन् ।
उनलाई अभद्र व्यवहारसम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान गर्न प्रहरी वृत्त, दरबारमार्गलाई दबाब दिइएको बताइन्छ । मन्त्री श्रेष्ठ नेकपा एसको कोटामा मन्त्री भएका हुन् ।
प्रतिक्रिया